नेपालमा ईलेक्ट्रिक गाडी ओरा गुड क्याटको रोड टेस्ट सफलतापूर्वक सम्पन्न |
काठमाडौँ । ग्रेट वालमोटर नेपालले ईलेक्ट्रिक गाडी ओरा गुड क्याटको रोड टेस्ट सफलतापूर्वक सम्पन्न गरी नेपाली बजारमा आधिकारिक रुपमा सार्वजनिक गर्न तयार भएको छ ।
ओरा गुड क्याटले रोड परीक्षणमा विभिन्न भू–भाग र सडकको अवस्थाहरुमा सराहनीय प्रदर्शन गर्यो । चाहे ओरालो होस वाउकालो, कालोपत्रे राजमार्ग होस् वा ग्राभेल भरिएको अप्ठ्यारो बाटो, यो गाडीले सबैतिर उत्तिकै उत्कृष्ट प्रदर्शन गरेको छ ।
जुन बाटोमा यही सेग्मेन्टका गाडीहरु चलाउन गाह्रो हन्थ्यो, त्यहाँ ओराले ब्याट्रीको स्तर घट्ने तनाब र बिना चालकको सीटमा बसेका व्यक्तिहरुलाई सहज सवारीको अनुभव प्रदान गरायो ।
सबै बाटोमा ओरा गुड क्याटको सुन्दर बनावटले सजिलै मानिसहरुको ध्यान आफू तर्फ तान्यो । अत्याधुनिक प्रविधि र वातावरणीय चेतनाको सन्दर्भमा ग्रेट वालमोटरलाई अगाडी बढाउन यो पक्ष सबैभन्दा महत्वपूर्ण हुन सक्छ ।
ओरा गुड क्याट सहर, राजमार्ग र अप्ठ्यारो भू–भागमा पनि ड्राइभिङका लागि उपयुक्त रहेको छ र लामो ड्राइभिङ अनुभव पछि विश्वसनयिता र योग्य कन्फिगरेसनको साथ आफूलाई उत्कृष्ट सावित गरेको छ ।
यो आफ्नो फेसनेवलउपस्थितिको कारण बाटोमा जोसुकैलाई पनि यस गाडी प्रति जिज्ञासु बनाउन सफल भएको छ । यस गाडीले शहरमा ड्राइभिङ गर्दा सहज प्रणाली मार्फत सहयोग गर्दछ र राजमार्गमा आवश्यकताअनुसार धेरै छिटो प्रतिक्रिया देखाउँछ ।
ओरा गुड क्याट:
ओरा गुड क्याट जर्मनी, अस्ट्रिया, संयुक्त राज्य अमेरिका, जापान र दक्षिण कोरियाका विज्ञहरु सहितहाम्रा विश्वव्यापी टोलीहरुद्धारा राम्रोसँग डिजाइन र विकास गरिएको हो ।यसले रेट्रो फ्युचरिस्टिक डिजाइन र स्मार्ट ड्राइभिङ प्रविधिहरुलाई पूर्ण रुपमा एकिकृत गर्दछ ।
ग्रेटवाल मोटर थाईल्याण्डले मात्रै प्रि–सेल भएको ४८ घण्टाभित्र ओरा गुड क्याटको लागि ६००० भन्दा बढी अर्डरहरु प्राप्त गर्यो । त्यसकारण हामी ओरा गुड क्याट नेपालमा राम्रोसँग रुचाइने र ग्राहकहरुको आवश्यकताअनुसारको हुने विश्वास राखेका छौं ।
हामी विश्वस्त छौँ कीओरा गुड क्याटले नेपालमा सार्वजनिक भएसँगै नेपाली ईलेक्ट्रिक भेईकल ईण्डस्ट्रीमा नयाँ दायरा, प्रदर्शन र युवापनमा नयाँ बेन्चमार्क बनाउनेछ ।
यसका साथै, ओरा गुड क्याटपछि ग्रेट वालमोटर नेपालले २०२२ भित्रओरा अन्तर्गत थपदुई ईलेक्ट्रिक गाडीका भेरियन्टहरु लन्चगर्ने योजना बनाएको छ ।
ग्रेटवाल मोटरको बारेमा:
ग्रेट वालमोटर नेपालले हाभलएच ६, हाभलजोलायन र पोअर जस्ता ग्लोवल मोडेलहरुका साथ नेपालमा आफ्नो उपस्थितिलाई स्थापित गरेको छ र नेपालको ईलेक्ट्रिक भेहिकलको भविष्यमा ओरा इलेक्ट्रिकसँगै भावी पुस्ताको अटोमोटिभ चाहनालाई बढावा दिने वाचा गर्दछ ।
भि.जी. इम्पेक्स नेपालमा ग्रेट वालमोटरको आधिकारिक आयातकर्ता हो । वषौँदेखि चीनका साथै विश्वको ६० भन्दा बढी राष्ट्रहरुमा अत्याधिक सफलताको आनन्द लिएपछि भि.जी. इम्पेक्स÷ग्रेट वालमोटर नेपालले यो लोकप्रिय इलेक्ट्रिक गाडी नेपाल ल्याउन सफल भएको छ ।
ग्रेट वालमोटर नेपालले आफ्ना बिक्री र बिक्री पछिको स्तरीय सेवाहरुलाई पनि निरन्तर स्तरोन्नति गर्दै देशव्यापी नयाँ बिक्री केन्द्रहरु थप्दै सेवा सुविधाहरुमा वृद्धि ल्याइरहेको छ ।
कम्पनीले उपभोक्ताहरुलाई नयाँ र वृहत सेवाहरु प्रदान गर्ने र नेपालको इलेक्ट्रिक भेहिकल इकोसिस्टमलाई अगाडि बढाउनमा केन्द्रित रहेको छ ।
विश्वव्यापी बजार अनुसार ग्रेट वालमोटर अग्रपंक्तिमा रहन अग्रसर छ । २०२५ सम्ममा विश्वबजारमा ४० लाख सवारी साधन बिक्री गर्ने लक्ष्यलाई पछ्याउँदै यो कम्पनी आफ्नो बिक्रीको ८०% भन्दा बढी हिस्सा नयाँ उर्जाका सवारी साधनहरुको हुने अपेक्षा राखेको छ ।