कृष्णबहादुर कार्की नेप्सेको सीईओमा नियुक्त |
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा कृष्णबहादुर कार्की नियुक्त भएका छन् ।
नेप्सेको सीइओ छनौटका लागि गठित समितिले कृष्णबहादुर कार्की, डा. केशवप्रसाद श्रेष्ठ, प्रविन पन्दाक, रमेश घिमिरे र डा. रमेशकुमार भण्डारीको नाम सिफारिस गरेको थियो । ५ मध्ये अन्तिम जनामा भने कार्की, रमेश भण्डारी र केशव श्रेष्ठको नाम सर्टलिस्टमा रहेको थियो । यसमध्येबाट कार्की छानिएका हुन् ।
उनीहरुमध्येबाट मन्त्रिपरिषद्को माघ १७ गते बसेको बैठकले नेप्सेको सीइओमा कार्कीलाई नियुक्त गरेको हो । नेप्सेका तत्कालीन सीइओ चन्द्रसिंह साउदले पारिवारिक सदस्यका नाममा सर्वोत्तम सिमेन्टको सेयर खरिद गरेको भेटिएपछि गत भदौमा राजीनामा दिएका थिए ।