हिमालयन डिष्टिलरीको प्रतिशेयर २१ रुपैयाँ नगद लाभांश |
काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले आफ्ना शेयरधनीहरूलाई प्रतिशेयर २१.०५ रुपैयाँ नगद लाभांश दिने भएको छ । बुधवार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव पारित गरेको हो ।
बैठकले आर्थिक वर्ष २०७४०७५ को मुनाफाबाट कम्पनीका शेयरधनीलाई करसहित सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै शेयरधनीले सो मात्राको नगद लाभांश पाउने कम्पनीले जानकारी दिएको छ ।