दिव्यश्वरी हाइड्रोपावरको विद्युत विक्री आम्दानी २० प्रतिशत बढ्यो |
काठमाडौं । दिब्यश्वरी हाइड्रोपावर कम्पनीले चालू आवको दोस्रो त्रैमासीक वित्तीय विवरण मंगलवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण कम्पनीको विद्युत विक्री आम्दानी गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २० प्रतिशत वृद्धि भएको हो ।
कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. ४ करोड १९ लाख विद्युत विक्री आम्दानी भएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू.५ करोड ४ लाख पुगेको छ । नेपाल विद्युत प्राधिकरणले ३३ के.भि प्रसारण लाइनमा २०७८ भदौ देखि भोल्टेज ब्यवस्थापन गरेकोले आयोजना द्धारा पुर्ण रुपमा विद्युत उत्पादन भई आम्दानी वृद्धि भएको कम्पनीले वित्तीय विवरण मार्फत जानकारी दिएको छ ।
त्यसैगरी कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू.१ करोड ३९ लाख नोक्सानीमा रहेकोमा चालू आवको सोही अवधिमा घटेर रू. १५ लाख ५६ हजारम ाझरेको हो । त्यसैगरी कम्पनीको चुक्ता पूँजी रू. २६ करोड ४० लाख रहेको छ । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीको जगेडा रू. २० करोड ६९ लाख ऋणात्मक रहेको छ ।
गत आवको दोस्रो त्रैमासमा पनि जगेडा कोष रू. १८ करोड ८९ लाख ऋणात्मक रहेको थियो । त्यसैगरी कम्पनीको प्रतिशेयर आम्दानी रू.(०.५९),तरलता अनुपात शून्य दशलमव १६ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू.२१ दशमलव ६० रहेको छ ।