भारतमा बनेको निसान म्याग्नाइट १५ देशमा निर्यात : नेपालमा पनि लोकप्रिय |
काठमाडौं । भारतमा उत्पादन हुने निसान म्याग्नाइट विश्वका १५ देशमा निर्यात हुन थालेको छ । निसान म्याग्नाइट हाल दक्षिण अफ्रिका र इन्डोनेसियाका साथै नेपाल, भुटान, बंगलादेश, श्रीलंका, ब्रुनाई, युगान्डा, केन्या, सेसिल्स, मोजाम्बिक, जाम्बिया, मौरिसस, तान्जानिया र मलावीमासमेत उपलब्ध छ । निसान इन्डिया अपरेसनले कम्पनीको ‘ग्लोबल प्रेसिडेन्ट्स’ अवार्ड प्राप्त गर्न सफल भएको छ । साथै, बीबीसी टप गियर इन्डिया, कार एन्ड बाइक र अटोकार इन्डियालगायतका पुरस्कार प्राप्त गरेको छ । त्यसैगरी यो हालै ‘द रेस मंकी कार अफ द इयर २०२१’ समेत नामांकित भएको छ । रेनो निसान अटोमोटिभका म्यानेजिङ डाइरेक्टर तथा चिफ एक्जिक्युटिभ अफिसर बिजु बलेन्द्रले भने, ‘लन्च गरेको एक वर्षमै बिक्री हुने देशको संख्या बढ्दै जानु म्याग्नाइट कार र हाम्रो इन्डिया टिम दुवैका लागि ठूलो उपलब्धि हो ।’
निसान मोटर इन्डियाले निसान मोटर कम्पनी, जापानको शतप्रतिशत सहायक कम्पनीको रूपमा काम गरिरहेको छ । २००५ मा स्थापना भएको कम्पनीले भारतमा ह्याचब्याक, एसयूभी र सेडान सेगमेन्टका अभिनव र रोमान्चक उत्पादनहरू उपलब्ध गराइरहेको छ । ग्लोबल एलाइन्स पार्टनर रेनोसँगको सहकार्यमा निसानले चेन्नाईमा म्यानुफ्याक्चरिङ प्लान्ट तथा रिसर्च एन्ड डेभलपमेन्ट सेन्टर स्थापना गरेको छ । निसानअन्तर्गत भारतमा दुई ब्रान्ड निसान र ड्याटसन उपलब्ध छन् ।
निसान म्याग्नाइट २०२० को डिसेम्बरमा भारतमा लन्च गरिएको थियो । उत्पादन प्रारम्भ गरिएको एक वर्षकै अवधिमा एसयूभी निसान म्याग्नाइट विश्वका १५ देशमा निर्यात हुन थालेको छ । लन्चपश्चात चेन्नई प्लान्टबाट ४२ हजारभन्दा बढी गाडी उत्पादन भएको थियो । भारतमा मात्र ७८ हजार ग्राहकले यसको बुकिङ गरेका छन् भने ६ हजार ३४४ म्याग्नाइट अन्य देशमा निर्यात गरिएको छ । निसान ‘नेक्स्ट’ ट्रान्सफरमेसन अन्तर्गत लन्च गरिएको निसान म्याग्नाइट पहिलो ग्लोबल प्रोडक्ट हो ।
भारतलगायतका विश्वका विभिन्न क्षेत्रका लागि निसान अध्यक्ष गुइलम कार्टियरले म्याग्नाइट एक फरक क्षमताको कार भएको र यसको इन्जिनियरिङका साथै बलियोपना र विशेषज्ञताका कारण आगामी दिनमा विश्वका धेरै बजारले यसको अनुभव लिन सक्ने कुरामा उत्साहित भएको बताए । यो निसानको इन्नोभेटिभ उद्देश्यको एक उदाहरण भएको उनको भनाइ छ ।
निसान मोटर इन्डियाका अध्यक्ष सिनान ओज्ककले निसानको ‘मेक इन इन्डिया, मेक फर द वल्र्ड’ नामकोे सही प्रतिबिम्ब निसान म्याग्नाइट भएको र ‘बिग, बोल्ड, ब्युटिफुल’ निसान म्याग्नाइटलाई विश्वका १५ देशको बजारमा उपलब्ध गराउन पाउँदा गौरवान्वित भएको बताए । यसले उच्च डिजाइन, पर्फमेन्स र भ्याल्युलाई विश्वभर प्रदर्शन गर्न सफल भएको उनको भनाइ छ ।
निसान इन्डिया अपरेसनले कम्पनीको ‘ग्लोबल प्रेसिडेन्ट्स’ अवार्ड प्राप्त गर्न सफल भएको छ । साथै, बीबीसी टप गियर इन्डिया, कार एन्ड बाइक र अटोकार इन्डियालगायतका पुरस्कार प्राप्त गरेको छ । त्यसैगरी यो हालै ‘द रेस मंकी कार अफ द इयर २०२१’ समेत नामांकित भएको छ । रेनो निसान अटोमोटिभका म्यानेजिङ डाइरेक्टर तथा चिफ एक्जिक्युटिभ अफिसर बिजु बलेन्द्रले भने, ‘लन्च गरेको एक वर्षमै बिक्री हुने देशको संख्या बढ्दै जानु म्याग्नाइट कार र हाम्रो इन्डिया टिम दुवैका लागि ठूलो उपलब्धि हो ।’
निसान मोटर इन्डियाले निसान मोटर कम्पनी, जापानको शतप्रतिशत सहायक कम्पनीको रूपमा काम गरिरहेको छ । २००५ मा स्थापना भएको कम्पनीले भारतमा ह्याचब्याक, एसयूभी र सेडान सेगमेन्टका अभिनव र रोमान्चक उत्पादनहरू उपलब्ध गराइरहेको छ । ग्लोबल एलाइन्स पार्टनर रेनोसँगको सहकार्यमा निसानले चेन्नाईमा म्यानुफ्याक्चरिङ प्लान्ट तथा रिसर्च एन्ड डेभलपमेन्ट सेन्टर स्थापना गरेको छ । निसानअन्तर्गत भारतमा दुई ब्रान्ड निसान र ड्याटसन उपलब्ध छन् ।