सबैको लघुवित्तको खुद नाफा करिब ८८ प्रतिशतले बढ्यो |
काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ५ करोड ७१ लाखर रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८७.८७ प्रतिशतले धेरै हो ।
गत आर्थिक वर्षको यसै अवधिमा लघुवित्तले ३ करोड ४ लाख रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो ।
खुद ब्याज आम्दानी बढेसँगै सञ्चालन मुनाफा पनि उल्लेख्य रुपमा बढ्दा लघुवित्तको खुद नाफा बढ्न पुगेको हो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ६८.९८ प्रतिशत र संञ्चालन मुनाफा ४७.८८ प्रतिशतले बढेको छ ।
लघुवित्तले यस अवधिमा एक अर्ब १३ करोड निक्षेप संकलन तथा २ अर्ब ९८ करोड सापटि लिएर ४ अर्ब ३७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । त्यसबाट लघुवित्तले १३ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
चुक्ता पूँजी २७ करोड रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा ११ करोड ८० लाख रुपैयाँ संञ्चित रहेको छ ।
यस्तै लघुवित्तको प्रतिशेयर आम्दानी ४२ रुपैयाँ ३६ पैसा, प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ ७४ पैसा र मूल्य आम्दानी अनुपात ३७.३० गुणा रहेको छ ।