नेपाल इन्भेष्टमेन्ट बैंकले २ अर्बको ऋणपत्र जारी गर्दै |
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले २ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने जानकारी दिएको छ । बैंकले लामो अवधिको लागि स्रोत जोहो गर्न ऋणपत्रको साहारा लिन खोजेको बताइएको छ ।
राष्ट्र बैंकले प्राथमिक पूँजीको शत प्रतिशत ऋणपत्र जारी गर्न छुट दिएको छ । इन्भेष्टमेन्ट बैंकले सात बर्ष अवधिका लागि ऋणपत्र जारी गर्न खोजेको हो । नियामक निकायसँग स्वीकृतिका लागि पुगेको बैंकले बार्षिक ब्याज दर साढे १० प्रतिशत राखेको छ ।
चुक्ता पूँजी बृद्धि गर्दा त्यसको दबाब ुरिटर्न अन इक्विटी मा पर्छ । ऋणपत्र जारी गर्दा निश्चित प्रतिशत ब्याज दिए पुग्छ । ऋणपत्रलाई पूँजी कोष अनुपातमा मिलाउन पाइने भएकाले बैंकहरुले पछिल्लो समय ऋणपत्रलाई रुचाउन थालेका हुन्। ।