श्याओमीको एफवान स्मार्टफोन सार्बजनिक |
काठमाडौं । अन्तरराष्ट्रिय मोबाइल निर्माता श्याओमीले नेपाली बजारमा पहिलो पटक आफ्नो पोकोफोन सबब्राण्डको एफवान स्मार्टफोन ल्याएकोे छ । श्याओमी भित्रकै निकै अनुभवी टोलीबाट निर्मित पोकोफोनले स्मार्टफोन प्रयोगको अनुभवलाई झन्झटमुक्त बनाउनेछ ।
आज सार्वजनिक भएको पोकोफोन एफवान, पोकोफोन ब्राण्डको पहिलो स्मार्टफोन हो । यसमा प्रयोग भएको अत्याधुनिक क्वालकोम स्नापड्रागन ८४५ प्लाटफर्म, प्रभावशाली लिक्विड कुल टेकनोलोजी कुलिङ सिस्टम र ४ हजार एमएएचको ब्याट्री रहेको बताइएको छ ।
श्याओमी नेपालका कन्ट्री जेनरल म्यानेजर सौरभ कोठारीले भने, ʽपोको मतलब सानो, हाम्रो सोच भनेको सानो तरिकाले सुरुवात गर्ने तर ठूलो सपना देख्न नछोड्ने भन्ने हो ।ʼ यसको मूल्य ३४ हजार ९९९ रुपैयाँ तोकिएको छ । यसमा ६ जिबिको ¥याम र ६४ जिबिको रोम हुनेछ । पोकोफोन एफवान, मास्टर अफ स्पीड पोकोफोन एफवान गेमिङ्गको गर्नको लागि र ठूला किसिमका आप्लिकेशन प्रयोग गर्न रुचाउने उपयोगकर्ताहरुको लागि उपयुक्त स्मार्टफोन हो ।
यसमा रहेको क्वालकोम स्नापड्रागन ८४५ एसओसी र लिक्विडकुल कुलिङ प्रविधिले सिस्टम स्लो हुने र फोन तात्ने समस्याबाट प्रयोगकर्ताहरुलाई मुक्त गर्ने विज्ञप्तिमा उललेख छ । श्याओमी संसारकै चौथो ठूलो स्मार्टफोन ब्राण्ड हो । यसले संसारकै सबैभन्दा ठूलो आइओटी उपभोगता प्लाटफर्म स्थापना गरेको छ । यस प्लाटफर्मको उपयोग १० करोड स्मार्ट डिभाइसहरुले गर्छन्। । अहिले श्याओमीको उत्पादनहरु ७० भन्दा धेरै देश र क्षेत्रहरुमा प्रयोग हुन्छन्। ।