कृषि विकास बैंकको नाफा बढ्यो |
काठमाडौं । कृषि विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले १ अर्ब ४२ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.६३ प्रतिशत बढी हो ।
गत आर्थिक वर्षको यहि अवधिमा बैंकले १ अर्ब ३२ करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी २९.९६ प्रतिशतले बढेर ३ अर्ब ७४ करोड २७ लाख रुपैयाँ आर्जन गरेको छ ।
यस्तै बैंकको खुद फि तथा कमिशन आम्दानी २.४१ प्रतिशत र सञ्चालन मुनाफा ९.८८ प्रतिशतले बढेको छ । बैंकको इम्पेरमेन्ट चार्ज पनि समीक्षा अवधिमा २५ करोड २१ लाखबाट बढेर ६२ करोड १० लाख रुपैयाँ पुगेको छ ।
यस अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ८८ करोड १५ लाख रुपैयाँ रहेको छ ।
चुक्ता पूँजी १८ अर्ब ६२ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा १० अर्ब ४३ करोड रुपैयाँ संञ्चित छ ।
यस्तै बैंकको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ११ पैसा, प्रतिशेयर नेटवर्थ २०५ रुपैयाँ ४० पैसा र मूल्य आम्दानी अनुपात २२.३५ गुणा रहेको छ ।