सानिमा बैंकलाई लगानीकर्तालाई १४ प्रतिशत नगद लाभांस |
काठमाडौं । सानिमा बैंकले आफ्ना लगानीकर्तालाई १४ प्रतिशत नगद लाभांस दिने भएको छ । बैंकको बुधबार बसेको संचालक समितिको बैंठकले आफ्ना लगानीकर्तालाई उक्त लाभांस दिने प्रस्ताव पारित गरेको छ । सो प्रस्तावलाई नेपाल राष्ट्र बैंकबाट स्वीकृति भएपश्चात आगामी दिनमा बस्ने साधारणसभाबाट पारित गराएर मात्र वितरण गरिने भएको छ । हाल बैंकको चुक्ता पूँजी ८ अर्ब १२ लाख रुपैयाँ रहेको छ ।
राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी ८ अर्ब पुर्याएपछि सानिमा बैंकलाई १४ प्रतिशत नगद लाभांस वितरण गर्न स्वीकृति दिएको हो । सानिमाले पहिलो चरणको स्वीकृति पाएको हो । बार्षिक साधारण सभाको अन्तिम स्वीकृति पाउन भने बाँकी छ ।