गरिमा विकास बैंकको नाफा २५.२५% ले बढ्यो |
काठमाडौं । गरिमा विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ४९ करोड २९ लाख ५३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा २५.२५% ले बढेको हो ।
खुद ब्याज आम्दानी ३९.४६% र सञ्चालन नाफा २५.१९% ले सुधार भएपछि खुद नाफा वृद्धि भएको हो । गरिमाको निक्षेप संकलन र कर्जा लगानी पनि विस्तार भएको छ ।
यता, दोस्र त्रैमाससम्म आइपुग्दा गरिमाको प्रतिसेयर आम्दानी वार्षिक २४ रुपैयाँ ९७ पैसा र प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ १४ पैसा छ । बैंकको रिजर्भ कोष सामान्य बढेको छ ।
सहारा विकास बैंकलाई एक्वयार गरी चुक्ता पुँजी ३ अर्ब ९४ करोड रुपैयाँ भन्दा बढी पुर्याएको छ । गरिमाले सोही पुँजीमा १६% बोनस दिने घोषणा गरेको छ । उक्त बोनस पारित गरी पुँजीकृत भएमा चुक्ता पुँजी थप बढ्ने छ ।