ज्योति लाइफ इन्सुरेन्सको लाभांश संशोधन |
काठमाडौं । ज्योति लाइफ इन्सुरेन्सको लाभांश संशोधन भएको छ । संशोधित लाभांश अनुसार अब लगानीकर्ताले १०% बोनस सेयर र कर तिर्न ०.५२% नगद लाभांश पाउनेछन् ।
कम्पनीको बिहीबार (माघ ७ गते) बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट १०% बोनस र कर तिर्न ०.५२% नगद लाभांश दिने निर्णय गरेको हो ।
यसअघि कम्पनीले ५% बोनस र कर प्रयोजन सहित ५.५२% नगद लाभांश बितरण गर्ने जनाएको थियो । कम्पनीले बिमा समितिको निर्देशन अनुसार लाभांशको दर परिमार्जन गरेको जनाएको छ ।
यसआधारमा बोनस सेयर बढेको छ । यो लाभांश नियामक बिमा समिति र आगामी साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्ताले हात पार्नेछन् ।