बेस्ट फाइनान्सले कमायो १४ करोड नाफा |
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा बेस्ट फाइनान्सले १४ करोड २ लाख ९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको यसैअवधिमा कम्पनी १५ करोड ७६ लाख ५५ हजार रुपैयाँ नोक्सानमा थियो ।
एक वर्षको अवधिमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेकाले र खराब कर्जा घटेकाले खुद नाफा बढेको हो ।
पुस मसान्तसम्म आइपुग्दा यसले ६ करोड ८ लाख ७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने सञ्चालन नाफा १५ करोड ७७ लाख २५ हजार रुपैयाँ कमाएको छ । खराब कर्जा २३.५४% ले घटेर ३.६८% मा आएको छ ।
प्रतिसेयर आम्दानी ३३ रुपैयाँ ८३ पैसा र प्रतिसेयर नेटवर्थ १३८ रुपैयाँ ०६ पैसा छ ।