मुक्तिनाथ विकास बैंकको नाफा घट्यो |
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा मुक्तिनाथ विकास बैंकले ६० करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा २.१४% ले थोरै हो ।
गत वर्ष बैंकले ६१ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा बैंकको वितरण योग्य नाफा पनि ५७.७२% ले घटेर २२ करोड २१ लाख रुपैयाँ पुगेको छ ।
पुस मसान्तसम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानी ३१.८७% ले बढ्दा सञ्चालन नाफा भने ०.५४% ले घटेको छ । यसको खराब कर्जा २.०४% ले घटेर ०.२६% मा झरेको छ ।
बैंकको प्रतिसेयर आम्दानी घटेर ४ रुपैयाँ २९ पैसा घटेर २१ रुपैयाँ ३ पैसा बार्षिक) कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ४५ पैसा छ ।