यस बर्षको तिहारमा नेपालभर लोडसेडिङ नहुने | विद्युतको माग पौने १३ सय मेगावाट

काठमाडौं । यस बर्षका तिहारमा नेपालभर लोडसेडिङ नहुने भएको छ । पोहोरसालको भन्दा यसबर्ष विद्युतको सप्लाई बढी भएकोले तिहारमा माग भन्दा पनि बढी नै विद्युत सप्लाई दिन सकिने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसीङको भनाई छ ।
‘यसबर्षको तिहारको दिन १२ सय ७० मेगावाटको पिक डिमान्ड हुने अनुमान गरिएको छ ।’ घिसीङले भने, ‘तर त्यसभन्दा बढी डिमान्ड भयो भने पनि आरामले धान्न सकिने व्यबस्था मिलाईएको छ ।’ कुनै स्थानमा प्राविधि गडबडी भएमा मात्रै विद्युत जाने तर त्यस्तो सम्भावनालाई पनि आवश्यक कार्य गर्दै घटाईएको उनको भनाई थियो ।