जानकी फाइनान्सले गर्याे लाभांश प्रस्ताव |
काठमाडौं । जानकी फाइनान्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समितिको पुस २७ गते दिनको ३ः३० बजे बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो ।
फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजी ६० करोड ४ लाख रुपैयाँको १५ प्रतिशतका दरले हुन आउने ९ करोड ६१ हजार रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.७८९५ प्रतिशतका दरले हुन आउने ४७ लाख ४० हजार रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो ।
शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर वितरण पश्चात फाइनान्सको चुक्ता पूँजी ६९ करोड ४ लाख रुपैयाँ पुग्नेछ ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।