महेन्द्रनगरमा नेपाल बैंकको डिजिटल बैंकिङ् साक्षरता अभियान |
काठमाडौं । नेपाल बैंक लिमिटेडले बुधबार सुदूरपश्चिम प्रदेश अन्र्तगत कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका, एमिटि कलेज, महेन्द्रनगर र सुदूरपश्चिम विश्वविद्यालय, केन्द्रीय क्याम्पस महेन्द्रनगरमा डिजिटल बैकिङ् वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यार्थीहरु लगायत समाजका सबै बर्गलाई डिजिटल बैकिङ् सम्वन्धि जानकारी गराई डिजिटल बैकिङ्का प्रविधिहरुमा अभ्यस्त गराउने साथै वित्तीय पहुंच अभिबृद्धि गराउने उद्देश्यले सुदूरपश्चिम प्रदेश कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका र पोखरा विश्वविद्यालयको बिबिए अध्यापन गराउदै आएको एमिटि कलेज र सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस महेन्द्रनगरमा नेपाल बैंक सुदूरपश्चिम प्रदेशको पहलमा उक्त कार्यक्रमहरु आयोजना गरिएको थियो ।
भिमदत्त नगरपालिकामा संचालीत डिजिटल बैकिङ् वित्तीय साक्षरता कार्यक्रममा भिमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्ट र सामाजिक कार्यक्रम प्रमुख गोमा अवस्थिको उपस्थिति रहेको थियो ।
नेपाल बैंक लिमिटेड महेन्द्रनगर शाखाका शाखा प्रबन्धक महेश राज जोशीले डिजिटल बैकिङ् वित्तीय साक्षरता सम्बन्धी प्रस्तुतीकरण गर्नु भएको उक्त कार्यक्रमको उद्घघाटन गर्दै नगर प्रमुख सुरेन्द्र विष्टले नगद रहित अर्थतन्त्रको अवधारणा विकास हुदै गएकोले आम नागरिकले वित्तीय रुपमा पनि साक्षर हुनुपर्ने बताउदै नेपाल बंैकसंगको आत्मीय सम्बन्ध र यस बैंकले प्रवाह गर्दै आएको ग्राहकमैत्री सेवाहरुको चर्चा गर्नुभएको थियो ।
यस कार्यक्रममा १२५ जना स्थानियको सहभागिता रहेको थियो । त्यसैगरि एमिटि कलेज महेन्द्रनगरमा संचालीत डिजिटल बैकिङ् वित्तीय साक्षरता कार्यक्रममा कलेजका प्रधानाध्यापक रबिन्द्र अवस्थि, कलेजका बोर्ड सदस्य डा. नरेद्र बहादुर चन्द र बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख जनक प्रशाद सुवेदीको उपस्थिति रहेको कार्यक्रममा ८० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस महेन्द्रनगरमा संचालीत डिजिटल बैकिङ् वित्तीय साक्षरता कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालय ब्यवस्थापन संकायका डिन प्रा. डा. पदम राज जोशी र सुदूरपश्चिम विश्वविद्यालय ब्यवस्थापन विभागका विभागीय प्रमुख शंकर दत्त भट्टको उपस्थिति रहेको थियो ।
डिजिटल बैकिङ् वित्तीय साक्षरता सम्बन्धी उक्त कार्यक्रम उद्घ्घाटन गर्दै सुदूरपश्चिम विश्वविद्यालय ब्यवस्थापन विभागका डिन प्रा.डा. पदम राज जोशीले सुदूरपश्चिम विश्वविद्यालयको नेपाल बैंक संगको आत्मीय सम्बन्ध र यस बैंकले प्रवाह गर्दै आएका ग्राहकमैत्री सेवाहरुको चर्चा गर्दै डिजिटल बैकिङ् वित्तीय साक्षरता कार्यक्रमबाट बिबिए अध्यनरत बिध्यार्थीहरुमा ठुलो बित्तीय चेतना जार्गीत गरेको भन्दै हर्ष र धन्यवाद प्रकट गर्नुभएको थियो । उक्त कार्यक्रममा ९२ जना विद्यार्थीको सहभागिता रहेको थियो ।