अवैध १ लाख २६ हजार डलरसहित त्रिभुवन विमानस्थलबाट एक पक्राउ |

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लैजान लागेको डलर सहित एक जान लाई पक्राउ गरिएको छ । अमेरिकी डलरसहित चिनियाँ नागरिक पक्राउ परेका हुन । पक्राउ पर्नेमा राहदानी नम्बर इडि ४८२९४७८ बाहक इर्सा छन् । उनलाई सोमबार विमानस्थल प्रहरीले १ लाख २६ हजार ४ बराबरको अमेरिक डलरसहित पक्राउ गरेको हो ।
काठमाडौंबाट चीनको गन्जाउ जान लागेको उनलाई डिपार्चर एरियाबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । लगेजभित्र लुकाएर लाँदै गर्दा डलर फेला परेको थियो । थप अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ ।