आज एप्पलको आइप्याड र म्याक सार्वजनिक गरिदैं |
अमेरिकी बहुराष्ट्रिय कम्पनी एप्पलले आज मंगलबार नयाँ आइप्याड तथा म्याक कम्प्युटर सार्वजनिक गर्ने सम्भावना छ । ब्रुकलिनमा आयोजना गरिने विशेष समारोहमा एप्पलले आफ्ना नयाँ प्रडक्ट सार्वजनिक गर्ने बताइएको छ ।
एप्पलले ल्याउने नयाँ आइप्याड प्रोमा यसअघिको मोडेलमा भन्दा ठूलो डिस्प्ले हुने र टच आइडी फिंगरप्रिन्ट सेन्सिङ होम बटन नहुने बताइएको छ । यस आइप्याडमा पनि त्यसको साटो फेस आइडी नाम फेसियल रिकग्नीसन टेक्नोलोजी हुनेछ । नयाँ आइप्याण्डमा युएसबी सी कनेक्टिभिटीका साथै अपडेटेड एप्पल पेन्सिल फिचर रहनेछ ।
उक्त कार्यक्रमका लागि एप्पलले दुईवटा निम्तो पठाएको छ । त्यसमध्ये एउटा मानिस, भवन तथा अन्य वस्तुका स्केचहरु सम्मिलित रंगीन निम्तो छ, जसले सम्भवतः एप्पल पेन्सिल तथा अन्य कलात्मक फिचर्सलाई संकेत गरेको छ ।
त्यस्तै अर्को श्यामश्वेत निम्तोमा पानीका थोपाको आकृति छ, जसको अर्थ नयाँ आइप्याड पानी प्रतिरोधी रहेको भन्ने बुझिएको छ ।
आइप्याडसँगै एप्पलले यसको आउटडेटेड म्याकबुक एयरको नयाँ संस्करण पनि प्रस्तुत गर्ने बताइएको छ ।