एनएमबि बैंकको २६ औं बार्षिक साधारण सभा सम्पन्न, १५.८० % लाभांश पारित |
काठमाडौं । एनएमबि बैंककाे १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित भएकाे छ । बैंककाे २६औँ वार्षिक साधारण सभाले आ.व. २०७७/७८ को नाफाबाट हाल कायम चुक्ता पूँजीकाे १२.५० प्रतिशत बोनस शेयर र ३.३ प्रतिशत नगद लाभांश (बोनस र नगद लाभांशको कर प्रयोजनको लागी समेत) पारित गरेको हाे ।
उक्त वार्षिक साधारण सभा संचालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनीहरुको उपस्थितिमा बिहिबार त्रिभुवन आर्मी अफिसर्स क्लब, सुन्धारा, काठमाण्डौंमा सम्पन्न भएको थियाे ।
साे साधारण सभाद्वारा स्वीकृत बोनस शेयर पश्चात बैंकको चुक्ता पूँजी १८ अर्व ३६ करोड रूपैयाँ पुग्नेछ । बैंकको २०७८ अषाढसम्ममा खुद नाफा २ अर्ब ७१ करोड रूपैयाँ, निक्षेप १६६ अर्ब रूपैयाँ र कर्जा १५८ अर्ब रूपैयाँ रहेको छ ।
एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष पवन कुमार गोल्याणको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न भएको हो ।