दुई फाइनान्सको शेयरमूल्य समायोजन |
काठमाडौं । पुस २२ गते, बिहीबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ।
यस दिन नेप्सेमा श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स र गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सको शेयरमूल्य समायोजन भएको हो। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी फाइनान्सले बुककलोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
यस दिन नेप्सेले श्री इन्भेष्टमेन्टको ७.७० प्रतिशत र गुहेश्वरीको १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात श्री इन्भेष्टमेन्ट फाइनान्सको शेयरमूल्य ४४१ रुपैयाँ ९७ पैसा र गुहेश्वरी मर्चेन्टको ४५४ रुपैयाँ ४५ पैसा कायम भएको छ।
नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी फाइनान्सहरुको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बुधबार, दोस्रो बजारमा श्री इन्भेष्टमेन्टको शेयर प्रतिकित्ता ४७६ रुपैयाँ र गुहेश्वरी मर्चेन्टको ४९९ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको थियो।
बिहीबार यही समायोजित मूल्यलाई आधार मानेर यी कम्पनीहरुको शेयर कारोबार खुल्नेछ।