सानिमा बैंक र कामना सेवा विकास बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत |
काठमाडौं । सानिमा बैंक र कामना सेवा विकास बैंकको बोनस शेयर नेपाल स्टक उक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
बुधबार सनिमा बैंकको १ करोड ६४ लाख ५८ हजार ५८२.४४ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट १७ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।
यस्तै कामना सेवा विकास बैंकको पनि ४९ लाख ९ हजार १३२.९०३ कित्ता बोनस शेयर नेप्सेमा सूचीृकत भएको छ । गत आर्थिक वर्षको शेयरधनीलाई वितरण गरेको १८.५० प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
बुधबार नेप्सेमा सूचीकृत सानिमा बैंक र कामना सेवा विकास बैकको बोनस शेयर, शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।