आईपीओ निष्काशनको अनुमति माग्दै एशियन हाइड्रोपावर बोर्ड पुग्यो |
काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेड सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा पुगेको छ ।
कम्पनीले ११ करोड ८० लाख रुपैयाँ बराबरको ११ लाख ८० हजार कित्ता शेयर निष्काशनको लागि अनुमति माग्दै पुस १९ गते बोर्डमा आवेदन दिएको हो ।
कम्पनीले आयोजना प्रभावित स्थानिय र सर्वसाधारणको लागि ;साे बराबरकाे शेयर निष्काशन गर्नेछ ।
आईपीओ निष्काशनको लागि कम्पनीले एनएमबी क्यापिटललाई शेयर निष्काशक तथा बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।