गोरूसिंगेमा बस र टिपर ठोकियो, तीन जनाको मृत्यु |

बुटवल । पूर्व−पश्चिम राजमार्गमा पर्ने कपिलवस्तुको बुद्धभूमि नगरपालिका−२ गोरुसिंगे जंगलमा बस र टिपर ठोकिंदा तीनजनाको मृत्यु भएको छ । दाङबाट बुटवल आउँदै गरेको ना६ख २५०० नम्बरको बस र विपरीत दिशामा आइरहेको लु२ख १४७७ नंम्बरको टिपर एक आपसमा ठोकिंदा दुर्घटना भएको हो ।
दुर्घटनामा परी दाङ गढवाकी २५ वर्षीया पूजा सुनार, ४ वर्षीया सुशान्त सुनार र नाम ठेगाना नखुलेका अन्दाजी ४० वर्षका एक पुरुषको मृत्यु भएको ५ नं प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ ।
दुर्घटनामा ३३ जना घाइते भएका छन् । घाइते मध्ये १३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । गम्भीर घाइतेहरुको बुटवलको चौराहा अस्पतालमा उपचार भइरहेको छ ।