पाल्पा बस दुर्घटना : ८ जनाको मृत्यु, ६ जनाको सनाखत (अपडेट) |
पाल्पा । पाल्पामा भएको मलामी सवार बस दुर्घटनामा मृत्यु हुने ६ जनाको सनाखत भएको छ । दुर्घटनामा परेका घाइते १६ जनाको नाम पनि खुलेको छ । मृतक ७० वीरबहादुर विश्वकर्माको दागबत्ती दिनको लागि गएको बस दुर्घटनामा उनका छोरासहित ८ जनाको मृत्यु भएको थियो । मृतक ६ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
प्रहरीका अनुसार अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका २ बस्ने वर्ष २५ का शंकर विक, सोही ठाउँ बस्ने वर्ष ३६ का मोहन कुँवर , सोही ठाउँ बस्ने वर्ष २८ का भोजेन्द्र विक, रुपन्देही बुटवल उपमहानगरपालिका १९ बस्ने वर्ष ३२ का विजय थापा क्षेत्री, बुटवल उपमहानगरपालिका १७ बस्ने वर्ष ३० का पशुपति रसाइली र सोही ठाउँ बस्ने वर्ष ४० का खुमबहादुर रानाको सनाखत भएको छ । अन्य मृतकको शनाखत हुन बाँकी रहेको छ ।
घटनामा बुटवल उपमहानगरपालिका १७ बस्ने वर्ष ३८ का विशालसहित १६ जना घाइते भएका छन् । रुपन्देही सैनामैना नगरपालिका ६ बस्ने वर्ष ३१ कि मिरा रामदाम, सोही स्थान बस्ने वर्ष ५० का श्यामबहादुर बिक, बुटवल उपमहानगर १७ बस्ने वर्ष ४५ का धनबहादुर सुनार, अर्घाखाँची पाणीनि गाउँपालिका १ का ५४ वर्षीय गोपाल नेपाली घाइते भएका छन् ।
त्यस्तै अर्घाखाँची छत्रदेव गाउँपालिका ३ बस्ने ४३ वर्षीय लालबहादुर विक, अर्घाखाँची मालारानी गाउँपालिका २ बस्ने ३७ वर्षीय रमेश टोहटो, रुपन्देही तिलोत्तमा नगरपालिका १४ बस्ने ४५ वर्षीय दिलमाया सुनार र सोही ठाउँ बस्ने ४५ वर्षीय तारा सुनार पनि घाइते भएका छन् । उनीहरुको पाल्पा लुम्बिनी मेडिकल कलेज प्रभास उपचार भईरहेको छ ।
यस्तै अर्घाखाँची मालारानी गाउँपालिका २ बस्ने ३९ वर्षीय तुल्सीराम विक, सोही ठाउँ बस्ने वर्ष २२ वर्षीय दिपक विक, बुटवल उपमहानगरपालिका १२ बस्ने ४८ वर्षीय माधव प्रसाद वस्याल, बस धनी अर्घाखाँची मालारानी गाउँपालिका २ का अर्जुन रसाइली पनि घाइते भएका छन् । सोही ठाउँ बस्ने ३५ वर्षीय लक्ष्मण टोहटो र २७ वर्षीय विष्णु विक पनि घाइते भएका छन् । उनीहरुको पाल्पास्थित मिसन अस्पतालमा उपचार भैरहेको छ ।
आज बिहान साढे १० बजे पाल्पा रिब्दिकोट गाउँपालिका २ लघुवास्थित तानसेन–रिडी सडक खण्डमा लु १ ख ७२७९ नम्बरको बस दुर्घटना भएको थियो । बस सडकबाट अन्दाजी ५५ मिटर तल खसेको थियो । बस चालक भने प्रहरी नियन्त्रणमा रहेका छन् ।