तीन कम्पनीको शेयरमूल्य समायोजन |
काठमाडौं । पुस १८ गते, आइतबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेप्सेमा सिद्धार्थ बैंक, आरएमडिसी लघुवित्त र सेन्ट्रल फाइनान्सको शेयरमूल्य समायोजन भएको हो।
साधारण सभा प्रयोजनार्थ यी कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
नेप्सेले यस दिन सिद्धार्थ बैंकको १४.२५ प्रतिशत, आरएमडिसी लघुवित्तको २० प्रतिशत र सेन्ट्रल फाइनान्सको ७.७० प्रतिशत बोनस शेयर समायोजन भएको हो। समायोजनपश्चात सिद्धार्थ बैंकको शेयरमूल्य ४०६ रुपैयाँ १३ पैसा, आरएमडिसी लघुवित्तको १ हजार १४३ रुपैयाँ ३३ पैसा र सेन्ट्रल फाइनान्सको ३८२ रुपैयाँ ८ पैसा कायम भएको छ।
नेप्सेले अघिल्लो कारोबार दिनको आधारमा यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात गत बुधबार दोस्रो बजारमा सिद्धार्थ बैंकको शेयर प्रतिकित्ता ४६४ रुपैयाँ, आरएमडिसस् लघुवित्तको १ हजार ३७२ रुपैयाँ र सेन्ट्रल फाइनान्सको ४११ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको थियो।