मेरो माइक्रोफाइनान्सको १५ प्रतिशत बोनस सेयर र शतप्रतिशत हकप्रदको प्रस्ताव पारित |
काठमाडौं । मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको १५ प्रतिशत बोनस सेयर तथा शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित भएको छ । शुक्रबार सम्पन्न संस्थाको छैटौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई सुरुमा १५ प्रतिशत बोनस र त्यसपश्चात १ सय प्रतिशत हकप्रद सेयर दिने प्रस्ताव पारित गरेको हो ।
संस्थाले प्रस्तावित बोनस सेयर पश्चात कायम हुन आउने चुक्ता पुँजीको सो मात्रा अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको हो । उक्त बोनस सेयर पश्चात संस्थाको चुक्ता पुँजी ३२ करोड ८९ लाख रुपैयाँ पुगेको छ । साथै संस्थाले शतप्रतिशत हकप्रद सेयर बिक्री गरेर आफ्नो चुक्ता पूँजी ६५ करोड ७८ लाख रुपैयाँ पुर्याउने भएको छ ।