एनआईसी एशियाको नयाँ शाखा तेह्रथुमको म्याङलुङ बजारमा, शाखा संख्या २ सय ६६ पुग्यो |
काठमाडौं । एनआईसी एशिया बैंकले शाखा बिस्तारको काम लाई निरन्तरता दिएको छ । बैंकले आइतबार आफ्नो नयाँ शाखा संचालनमा ल्याएको हो । बैंकले एक कार्यक्रमको आयोजना गर्दै तेर्हथुमस्थित म्याङलुङ नगरपालिकामा उक्त शाखा संचालनमा ल्याएको हो ।
उक्त शाखाको म्याङलुङ नगरपालिकाका मेयर संजय कुमार तुम्बाहाङ्गफेले उद्वघाटन गरेका हुन । उक्त शाखाको उद्घाटनसँगै अब यस बैंकको शाखा संख्या २६६ पुगेको छ । साथै, यस बैंकले २ सय ६२ एटीएम, २६ वटा एक्सटेन्सन काउण्टर तथा १८ वटा शाखारहित बैंकिङ इकाइमार्फत बैंकिङ सेवा दिइरहेको छ ।