२.६६ अंकले घट्यो नेप्से परिसूचक, ३१२ करोडको कारोबार |
काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले घटेको छ । सोमबार उच्च अंकले घटेको नेप्से परिसूचक मंगलबार २.६६ अंकले घटेर २ हजार ५ सय १८ दशमलव ९९ अंकमा झरेको छ ।
कारोबार रकम पनि घटेको छ । दिनभर भएका ४२ हजार ५८ कारोबारबाट २३० कम्पनीका ५८ लाख २८ हजार ७८३ कित्ता शेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ३ अर्ब १२ करोड ५५ लाख ७५ हजार ६३२ रुपैयाँ पुगेको छ ।