एनएमबी बैंक बिर्तामोड शाखाबाट १७ लाख लुटियो |
काठमाडौं । झापाको बिर्तामोडस्थित एनएमबी बैंकको शाखाबाट आज एक व्यक्तिको १७ लाख रुपैयाँ लुटिएको छ । अपराह्न झोलामा रकम लिएर बैंक आएका गुरुङ काउण्टर अगाडि जम्मा गर्न भौचर भर्दै गर्दा एक व्यक्ति झोला बोकेर भागेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक होम अधिकारीले जानकारी दिएका छन् ।
बैंकमा रकम जम्मा गर्न आएका ताप्लेजुङ याम्फुदिन–१ का शेरबहादुर गुरुङको १६ लाख ९९ हजार रुपैयाँ लुटेर लगिएको प्रहरीले जानकारी दिएको छ । रकम लुटेर भाग्ने व्यक्तिको सिसी क्यामेरा फुटेजबाट पहिचान खुल्ने भएकाले अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।