”क्यान इन्फोटेक २०२२” माघ १८ देखि २३ गतेसम्म |
काठमाडौं । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघले यो वर्ष ''क्यान इन्फोटेक २०२२" माघ १८ गते देखि २३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्दैछ । यो वर्षको क्यान इन्फोटेक भौतिक एवं भर्चुअल, दुवै स्वरुपमा आयोजना हुने गरी तयारी बढाइएको छ ।
सूचना तथा संचार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक निति, रणनीति तथा कानुनी संरचना निर्माणका निम्ति सार्थक अन्तरक्रिया गर्ने उद्देश्यले क्यान इन्फोटेक वर्षेनी आयोजना हुँदै आएको छ। याे क्यान इन्फोटेकको २७ औं संस्करण हो जुन ६ दिन सम्म चल्नेछ । क्यान इन्फोटेकको भर्चुअल आयोजना नयाँ हुने जनाइएकाे छ । यो पटक क्यान इन्फोटेक २०२२ को टिकटको मुल्य १ रूपैयाँ हुनेछ र यो पटक पनि टिकट पेपरलेस नै हुनेछ ।
इन्फोटेकको २७ औं संस्करण गत बैसाख २८ गतेदेखि जेठ २ गतेसम्म हुने गरी सबै तयारी गरिएकोमा कोभिड १९ को दोश्रो लहरका कारण स्थगित गरिएको थियो ।
२७ औं क्यान इन्फोटेकको शिर्ष प्रायोजन आईएमई पे र सह प्रायोजन स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी)ले गरेका छन् । यसैगरी आईएमई पे क्यान इन्फोटेक २०२२ इन एशोसिएसन विथ एससिटी स्मार्ट क्युआरको प्लाटिनम प्रायोजन – वल्र्डलिंक कम्युनिकेशन्स, डायमण्ड प्रायोजन – डिसहोम फाईबरनेट, गोल्ड प्रायोजन – नेपाल टेलिकम, सिल्भर प्रायोजन – नमस्ते पे, एस–पावर र डिजिकम रहेका छन् ।
सफ्टवेयरका कलेज अफ आईटी एण्ड इकमर्स – आईएमई पे क्यान इन्फोटेक २०२२ इन एशोसिएसन विथ एससिटी स्मार्ट क्युआरको इन्नोभेसन पार्टनर रहेको छ भने सनवे इन्टर्नेशनल विजनेश स्कुल – एकाडेमिक पार्टनर, रिबान – फुड एण्ड वेभरेज पार्टनर तथा अल्ट्रा एलईडी – डीजिटल डीसप्ले पार्टनर रहेका छन् ।
इन्फोटेक भव्य एवं सफल रुपमा आयोजना हुन देशभित्रबाट नेपाल सरकार – सूचना प्रविधि विभाग, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल उद्योग परिसंघ, सुबिसु र भायानेट कम्युनिकेशन्स तथा अन्तरराष्ट्रिय रुपमा असोसियो (Asian-Oceanian Computing Industry Organization) र विट्सा (World Information Technology and Services Alliance) को पनि सहयोग रहने छ ।
क्यान इन्फोटेकमा ब्राण्डिङ, आइसिटी एक्ससरिज, गेम पार्लर, प्रडक्ट लञ्चिङ,स्टार्टअप, रोबोटिक्स, इमर्जिङ्ग टेक्नोलोजि,इ–वेष्ट म्यानेजमेण्ट, इ(गभर्नेन्स, सुचना प्रविधिमा महिला उद्यमी, वाइफाइ तथा इण्टरनेट र लर्निङ सेन्टर लगायतका विभिन्न खण्डहरु रहनेगरी तयारी अगाडि बढाईएको छ ।
इन्फोटेकमा प्रदर्शनीकर्ताहरुले सफ्टवेयरहरु, नेटवर्किङ र क्लाउड सोल्युशन, मोबाइल फोन तथा सोल्युशन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटि सोल्युशन, सोलार पावर सिष्टम, इन्भर्टर, युपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिण्टर, पावर सिष्टम, कम्प्युटर एक्सेसरिज, एण्टिभाइरस सफ्टवेयर, बैंकिङ सोल्युशन, सीसीटीभी र हार्ड डिस्क, आईओटी, ब्लक चेन तथा आर्टीफिसियल ईन्टेलिजेन्स सम्बन्धि जानकारि, आईटी कलेज, बैंक, बीमा तथा लेखासम्बन्धी सफ्टवेयर, सरकारि क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर र सोलुसन्स, सेल्फ लर्निङ सफट्वेयर तथा ट्युटोरियल आदि प्रर्दशनीमा रहनेछन् । क्यान इन्फोटेक २०२२ का लागि साल पौष १३ गते मंगलवारदेखि बुकिङ्ग खुल्ला हुनेछ ।