हिमालयन बैंकले बोलायो साधारण सभा |
काठमाडौं । हिमालयन बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश वितरण गर्ने र नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर प्रक्रियालाई अन्तिम स्वीकृती प्रदान गर्ने प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ।
बैंकले पुस ३० गते, केन्द्रिय कार्यालय, कमलादीमा भिडियो कन्फ्रेन्सको माध्यमबाट उनन्तीसौँ वार्षिक साधारण सञ्चालन गर्नेछ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको २१.३८ प्रतिशतका दरले बोनस शेयर र सोको करसहित ४.६२ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसका साथै नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर गर्नेसम्बन्धी सम्पूर्ण कार्यहरुलाई स्वीकृत प्रदान गर्ने, शेयर स्वाप रेशियो १ बराबर १ कायम गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेलगायतका प्रस्तावहरु पारित गर्नेछ।
साधारण सभा प्रयोजनार्थ बैंकले पुस ११ गतेदेखि बुकक्लोज गर्ने भएको छ। यद्यपि मर्जर प्रयोजनार्थ बैंकको शेयर कारोबार हाल दोस्रो बजारमा बन्द रहेको छ।