फरवार्ड र जनउत्थान सामुदायिक लघुवित्तले लाभांश पारित गर्न साधारण सभा बोलायो |
काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स र जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले लाभांश पारित गर्न साधारण सभा बोलाएको छ। दुबै लघुवित्तले पुस ३० गते वार्षिक साधारण सभा बोलाएको हो।
जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले पुस ३० गते बिहान ११ बजे होटल न्यू इरा, बुटवल रुपन्दहीमा ११ औं वर्षिक साधारण सभा बोलाएको छ।
सभाले गत आर्थिक वर्षको मुनफाबाट प्रस्तावित २५ प्रतिशत बोनस शेयर र १.३१५७ प्रतिशत नगद लाभांश पारित गर्नेछ। संस्थाको अधिकृत पूँजी पनि १५ करोड रुपैयाँबाट वृद्धि गरी ५० करोड रुपैयाँ पुर्याउने सम्बन्धमा प्रबन्धपत्रमा आवश्यक संशोधन समेत गर्नेछ। सभाले मर्जर तथा एक्विजिशन सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी समेत दिनेछ।
साधारण सभा तथा लाभांश प्रयाेजनकाे लागि जनउत्थान सामुदायिक लघुवित्तले पुस २१ गते बुक क्लाेज गर्ने जनाएकाे छ। त्यस अनुसार पुस २० गतेसम्म कायम शेयरधनीले मात्रै लाभांश पाउनेछन्।
यसैगरी, फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले पनि लाभांश पारित गर्न पुस ३० गते बिहान ११ बजे केन्द्रीय कार्यालय दुहवी सुनसरीमा नवौं साधारण सभा बोलाएको छ।
सभाले गत आर्थिक वर्षको मुनाफबाट चुक्ता पूँजी ६२ करोड ५५ लाख रुपैयाँ बराबरको ३५ प्रतिशत बोनस शेयर र कर सहित ७ प्रतिशत नगद लाभांश पारित गर्नेछ। संस्थाले जारी पूँजी तथा चुक्ता पूँजी बृद्धि गर्न प्रबन्धपत्र तथा नियमावलीहरुमा समेत संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ।
सभाले संस्थापक शेयरधनीको तर्फबाट ४ जना सञ्चालक र सर्वसाधारण शेयरधनीकोख तर्फबाट २ जना गरी ६ जना सञ्चालकहरुको निर्वाचन गर्नेछ। यस्तै सभाले मर्जर तथा एक्विजिशन सम्बन्धी सम्पुर्ण कार्य गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी समेत दिनेछ।
साधारण सभा तथा लाभांश प्रयाेजनकाे लागि फरवार्ड माइक्रोफाइनान्स लघुवित्तले पुस १६ गतेदेखि ३० गते सम्म बुकक्लाेज गर्ने जनाएकाे छ। त्यस अनुसार पुस १५ गतेसम्म कायम शेयरधनीले मात्रै लाभांश पाउनेछन्।