मंसीर ६ देखि ९ गतेसम्म विल्डिङ एण्ड कन्स्ट्रक्सन एक्स्पो |
काठमाडौं । आगामि मंसिर ६ गते देखि ९ गतेसम्म विल्डिङ एण्ड कन्स्ट्रक्सन एक्स्पो आयोजना हुने भएको छ । काठमाडौको भृकुटीमण्डपमा आयोजना हुने एक्स्पोमा देशका सबै भौगोलिक क्षेत्र अनुसार सिप, प्रविधि र निर्माण सामाग्री प्रदर्शनमा राखिने बताइएको छ ।
एक्स्पोको निर्माण व्यवसायी, इञ्जिनियर, आर्किटेक्ट, डिजाइनर लगायतका सम्बद्घ सबै सरोकारवालालाई एकै ठाउँमा आवद्ध गराइ दिगो आवास निर्माणबारे सुचना दिने मुख्य उद्धेश्य रहेकोे छ । घर तथा भवन निर्माण गर्न लागेका र निर्माण गर्ने क्रममा रहेका सर्वसाधारणले मेलामा इञ्जिनियरिङ र वास्तुबारे निशुल्क परामर्श लिन सक्नेछन ।
अर्घाखाँची सिमेन्ट, बर्जर पेन्ट्स, क्षमादेवी विल्डीङ मेटेरियल्सको मुख्य प्रायोजन रहेको मेलामा फर्निसीङ, इट्टा, मार्बल, स्टिललगायतका सामाग्रीको दुई सयवटा भन्दा बढी स्टल रहने आयोजक कम्पनी युथ कम्युनिटी फर नेपलीज कन्ट्र्याक्टर (वाइसिएनसी) ले जानकारी दिएको छ । मेलामा दुई लाख सर्वसाधारणले अवलोकन गर्ने आयोजकको अनुमान छ ।
युथ कम्युनिटी फर नेपलीज कन्ट्र्याक्टर, नेपाल इञ्जिनियर एशोसिएसन, सोसाइटी अफ आर्कीटेक्ट्स, सोसाइटी अफ कन्सल्टीङ आकीटेक्चरल र इन्जिनीयरीङ फर्मको सहकार्यमा मेला आयोजना गर्न लागिएको हो ।