श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले बोलायो साधारण सभा, ११ प्रतिशत लाभांश पारित गर्दै |
काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले २७ औं वार्षिक साधारण सभा बोलाएको छ। फाइनान्सले पुस २९ गते बिहान ११ बजे कम्पनीको रजिष्टर्ड कार्यालय डिल्लीबजार, काठमाडौंमा साधारण सभा बोलाएको हो।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित ७.७० प्रतिशत बोनस शेयर र ३.३० प्रतिशत नगद गरी ११ प्रतिशत लाभांश पारित गर्नेछ। लाभांश वितरण पश्चात बैंकको जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि हुने भएको कम्पनीको प्रबन्धपत्र तथा नियमावली पनि संशोधन गर्न स्वीकृत गर्नेछ।
सभाले संस्थापक शेयर स्वामित्व पनि परिमार्जन गर्ने प्रस्ताव पारित गर्नेछ। कम्पनीमा संस्थापकको शेयर स्वामित्वलाई ५३.३२ प्रतिशतबाट ५१ प्रतिशत र सर्वसाधारण तर्फको शेयर स्वामित्व ४६.६८ प्रतिशतलाई ४९ प्रतिशत कायम गर्ने प्रस्ताव पारित गर्नेछ।
यस्तै सभाले कुनै पनि बैंक तथा वित्तीय संस्थाहरुलाई मर्जर वा प्राप्ति गर्ने गराउने प्रयोजनको लागि सहमति तथा सम्झौता लगाएको काम गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ।
सभाबाट संस्थापक समुहको तर्फबाट एक जना र स्वतन्त्र एक जना गरी दुई सञ्चालकहरुको नियुक्ती समेत अनुमोदन गर्नेछ।