एनआईसी एशिया क्यापिटलको संचालक समितिमा रुपेश लुइटेल नियुक्त |
काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडको संचालक समितिको सदस्यमा रुपेश लुइटेल नियुक्त भएका छन्। पुष ७ गते सम्पन्न संचालक समितिको १०१ औं बैठकको निर्णय बमोजिम आज देखि लागु हुने गरि साे क्यापिटलको सदस्यमा चार्टर्ड एकाउण्टेण्ट लुइटेललाई नियुक्त गरिएकाे हाे ।
उनीसँग सनराइज बैंक, मुक्तिनाथ विकास बैंक तथा एनआईसी एशिया बैंकमा गरी १० वर्ष भन्दा बढीको बैंकिङ्ग अनुभव रहेकोे छ ।
उनले हासिल गरेको लामो कार्यअनुभव तथा उच्च व्यवस्थापकिय क्षमताले आगामी दिनमा क्यापिटलको समग्र व्यवसाय विस्तार र क्यापिटलबाट प्रदान गरिने सेवालाई उत्कृष्ट बनाई क्यापिटलले नयाँ उचाई चुम्ने विश्वास लिएकाे छ।