सहयोगी विकास बैंक १६औं वर्षमा | ७५ हजार ग्राहक, चार अर्ब ४५ करोड निक्षेप

काठमाडौं । सहयोगी विकास बैंक लिमिटेडले सञ्चालनको १५ वर्ष पूरा गरी १६औं वर्षमा प्रवेश गरेको छ । यस दौरान बैंले ११ स्थानमा शाखा विस्तार गरी सर्वसाधारणलाई वित्तीय सेवा प्रदान गर्न सफल भएको छ ।
जनकपुरमा मुख्य कार्यालय रहेको यस बैंकले हालै मात्र धनुषाको सवैला, यदुकुवा र महोत्तरीको लोहारपट्टीमा शाखा स्थापना गरेर ११ शाखा कार्यालय पुर्याएको हो । बैंकले थप तीन स्थानमा चाँडै नै शाखा सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ । चालू आर्थिक वर्षभित्र १७ शाखा पु¥याउने लक्ष्य बैंकको छ ।
हाल यस बैंकको ५० करोड ९६ लाख ६८ हजार रुपैयाँ चुक्ता पूँजी रहेको छ भने हालसम्म ४ अर्ब ४५ करोड ५६ लाख निक्षेप संकलन गरी ३ अर्ब ४५ करोड ७३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । २३ करोड ६४ लाख संचिति कोष रहेको छ ।