‘नेसनवाइड सर्भिस क्याम्प’ सञ्चालन गर्दै ड्याट्सन |
काठमाडौं । ड्याट्सन नेपालले ‘नेसनवाइड सर्भिस क्याम्प’ सञ्चालन गर्ने भएको छ । ड्याट्सनलाई आवश्यक हेरचाह तथा मर्मतसम्भार प्रदान गर्न ड्याट्सन नेपालले राष्ट्रव्यापी रुपमा ‘नेसनवाइड सर्भिस क्याम्प’ विभिन्न शहरमा सञ्चालन गरिने भएको हो ।
यही २६ डिसेम्बरदेखि २८ डिसेम्बरसम्म देशभरका प्रमुख सहरहरूमा आयोजना गरिने ‘नेसनवाइड सर्भिस क्याम्प’ मा ग्राहकहरूल विभिन्न सुविधा र छुटहरू प्राप्त गर्न सक्नेछन् ।
जसमा निःशुल्क लेबर चार्ज, निःशुल्क टप वास, निःशुल्क ९० चेक पोइन्ट, ८० प्रतिशतसम्म एक्सेसरीजमा छुट र नियमित सेवा र उपभोग्य वस्तुहरूमा १० प्रतिशतसम्म छुट पाउने भएका हुन् ।