टोयोटा नेपालले बिहीबारदेखि अपग्रेड क्याम्प आयोजना गर्दै |
काठमाडौं । नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट (यूटीएस) प्रालिले क्रिसमस तथा नयाँ वर्ष २०२२ को उपलक्ष्यमा फेस्टिभ अपग्रेड क्याम्प आयोजना गर्ने भएको छ।
यही पुस ८ देखि १२ गते सम्म ललितपुर बखुण्डोलस्थित ग्यालेक्सी अटोमोबाइल्समा चल्ने उक्त अपग्रेड क्याम्पमा ग्राहकले अफुनो जुनसुकै कारलाई नयाँ टोयोटा कोरोला क्रस, राइज र अन्य टोयोटाका मोडलहरुसँग साटन सक्नेछन्।
‘अपग्रेडका लागि यही समय हो’ मूल नारासहित आयोजना हुन लागेको यस कार्यक्रमको माध्यमबाट यूटीएसले ग्राहकका लागि उत्कृष्ट एक्सचेन्ज योजना र आफ्नो सवारीसाधन अभिवृद्धि गर्ने सुवर्ण अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ।
अपग्रेड क्याम्पमा युटिएसले शर्तहरु लागु हुनेगरि प्रत्येक गाडीको खरिदमा आफ्ना ग्राहकहरुलाई नगद छुट, पुरानो गाडीको उचित मुल्यांकन, आकर्षक गिफ्ट प्याकेजलगायतका अफरहरु प्रदान गर्नेछ।