चन्द्रागिरी हिल्सको साधारण सभा आह्वान |
काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले १२ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव नगरी सभा आह्वान गरेको छ ।
पुस २९ गते चन्द्रगिरि हिल्सको कार्यलय थानकोटमा बिहान ११ बजेदेखि हुने भएको हो। सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेश गर्ने छ भने गत आर्थिक वर्षको नाफा–नोक्सान हिसाव तथा नगद प्रवाह विवरण माथि पनि छलफल गर्नेछ। साथै सभामार्फत सर्वसाधारण समूहबाट एक जना सञ्चालकको निर्वाचन र स्वतन्त्र सञचालक नियुक्ति हुनेछ ।
कम्पनीले सभा गर्ने प्रयोजनका लागि पुस १६ गते शुक्रबार बुक क्लोज गर्ने भएको छ । जसअनुसार पुस १५ गतेसम्म कायम रहने शेयरधनील सभामा भाग लिन सक्नेछन।