एनआरएन इन्फ्रास्टक्चरले साधारण सभा बोलायो |
काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट कम्पनीले लाभांश पारित गर्न साधारण सभा बोलाएको छ। कम्पनीले पुस २९ गते बिहान ११ बजे आम्रपाली ब्यान्क्वेट, काठमाडौंबाट र्भच्युअल माध्यममा ९ औं वार्षिक साधारण सभा बोलाएको हो।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२६ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।
कम्पनीले हालको जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि गर्न प्रबन्धपत्र तथा नियमावली संशोधनको लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव समेत पारित गर्नेछ ।
यस्तै सभाले दुई जना स्वतन्त्र सञ्चालक नियुक्त गर्ने प्रस्ताव समेत अनुमोदन गर्नेछ ।
साधारण सभा तथा लाभांश प्रयोजनको लागि कम्पनीले पुस १५ गते बुक क्लोज गर्ने जनाएको छ । त्यस अनुसार पुस १४ गतेसम्म कायम शेयरधनीले मात्रै लाभांश पाउनेछन् ।