मालिका र चंगा चेटलाई हलको समस्या पर्यो |
यो वर्ष दशैंको अवसर पारेर प्रर्दशन भएका दुई चलचित्रहरु छक्क पञ्जा ३ र जय भोलेले दोश्रो हप्ता र तेश्रो हप्तामा पुग्दा पनि अत्यन्तै राम्रो ब्यापार गरेका छन् । घटस्थापनाबाट प्रर्दशन आरम्भ गरेको चलचित्र छक्का पञ्जा ३ अहिले तेश्रो हप्तामा पुगेको छ, भने फुलपातीबाट प्रर्दशन भएको चलचित्र जय भोले दोश्रो हप्तामा प्रर्दशन भैरहेको छ ।
यि दुई चलचित्रहरुमा तेश्रो हप्तामा पुगेको छक्क पञ्जा ३ दोश्रो हप्तामा पुगेको जय भोले भन्दा माथी रहेको बताईएको छ । बितरहरुका अनुसार छक्का पञ्जा ३ ले अहिले सम्मकै उच्च ब्यापार गर्ने देखिएको छ । यि दुई चलचित्रहरुको उच्च ब्यापार रहेको कारणले गत सुक्रबारबाट नेपाली सिनेबारमा कुनै पनि नयाँ चलचित्रले प्रर्दशन आरम्भ गर्न सकेनन । त्यसो आगामी सुक्रबारबाट प्रर्दशन हुने चलचित्र मालिका र चंगा चेटको निर्माण टिम पनि अहिले निकै तनावमा रहेको बुझिएको छ । छक्का पञ्जा ३ र जय भोलेले हल नछोडेमा मालिका र चंगा चेटलाई कहाँ चलाउने ? यि दुईको निर्माण पक्षलाई अहिले यहि कुराले निकै समस्यामा पारेको बताईएको छ ।
मालिकालाई रेखा थापाले निर्माण तथा निर्देशन गरेकी हुन भने मुख्य भुमिकामा अभिनय पनि उनैले गरेकी छिन् । त्यसो त रेखाको चलचित्रलाई मल्टिप्लेक्समा खास्सै महत्व दिने प्रचलन छैन् । सिंगल थिएटमा मात्रै प्रर्दशन हुन सक्ने यो चलचित्रलाई लगानी उठाउन निकै हम्मे हम्मे पर्ने देखीन्छ ।
नेपाली सिने बजारमा छुट्टै पहिचान बनाउन सफल निर्देशक दिपेन्द्र के खनालको निर्देशनमा माधव वाग्ले र सर्मिला पाण्डेले निर्माण गरेको चलचित्र चंगा चेटलाई सिंगल थिएटर भन्दा मल्टिप्लेक्समा धेरै चल्न सक्ने भनेर अनुमान गरिएको थियो । तर राजधानी तथा मोफसलका सबै मल्टिप्लेक्स सिनेमा हलमा छक्का पञ्जा ३ र जय भोलेकै रजाई चलिरहे यो फिल्म कहाँ चलाउने ? त्यसैले चंगा चेटलाई पनि लगानी सुरक्षीत गर्न निकै समस्या हुने देखीएको छ ।