बाेटलर्स नेपाल तराई र बालाजुले वार्षिक साधारण सभा बोलायो |
काठमाडौं । बाेटलर्स नेपाल तराई र बालाजुले पुस २८ गते एकै दिन होटल र्याडिसन, लाजिम्पाटमा वार्षिक साधारण सभा बोलाएको छ । तराईले विहान ११ बजे ३५ औं र बालाजुले दिउँसो ४ बजे ४३ औं वार्षिक साधारण सभा बोलाएको हो ।
बाेटलर्स नेपाल तराईले गत आर्थिक वर्षको वित्तीय विवरणहरु माथि छलफल गरी पारित गर्ने तयारी गरेको छ । यस्तै सभाबाट एक जना स्वतन्त्र सञ्चालकको पनि नियुक्ति गर्नेछ ।
बाेटलर्स नेपाल बालाजुले पनि साधारण सभाबाट गत आर्थिक वर्षको वित्तीय विवरण माटि छलफल गरी पारित गर्नेछ । यस्तै एक जना स्वतन्त्र सञ्चालक र एक जना सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने गरी दुई जना सञ्चालनको नियुक्ति गर्नेछ ।
साधारण सभा प्रयोजनको लागि बेटलर्स नेपाल तराई र बालाजु दुबैले पुस २१ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ । त्यस अनुसार पुस २७ गतेसम्म कायम शेयरधनीमात्रै सभामा सहभागि हुने सक्नेछन् ।