प्रोग्रेशिभ फाइनान्सको लाभांश घाेषणा, बोनस कति? |
काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समितिको पुस १ गते बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो ।
फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजी ८० करोड १ लाख रुपैयाँको ७ प्रतिशत अर्थात ५ करोड ६० लाख ७ हजार रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.३६८४ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।
बोनस वितरण पछि फाइनान्सको चुक्ता पूँजी ८५ करोड ६१ लख ७ हजार रुपैयाँ पुग्नेछ ।