नेपाल हाइड्रो डेभलोपरले यस वर्ष ७.३७ प्रतिशत लाभांश दिने |
काठमाडौं । नेपाल हाइड्रो डेभलोपर लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कुल ७ दशमलव ३७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
कम्पनीको पुस १ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी २९ करोड ९० लाख रुपैयाँको आधारमा ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । प्रस्तावित यो लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।