भरतपुरस्थित मालाश्री मोटर्समा ‘टीभीएस रेडर’ मोटरसाइकल सार्वजनिक |
काठमाडौं । शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्स प्रालिले भरतपुरस्थित शोरुमबाट यूवालक्षित १२५ सीसी क्षमताको नयाँ मोटरसाइकल टीभीएस रेडर सार्वजनिक गरेको छ । बुधबार सप्तरंग–३ का चर्चित हास्य कलाकार सन्दीप छेत्री, राजा राजेन्द्र पोखरेल, गायक रामकृष्ण ढकाल, बद्री पंगेनी, गायिका मिलन नेवार र अस्मिता अधिकारीको उपस्थितिमा मोटरसाइकल सार्वजनिक गरिएको हो ।
युवालक्षित यस स्पोर्टी मोटरसाइकलमा एलसीडी डिजिटल स्पिडोमिटर, थ्रीभी आइटच स्टार्ट, एनिमलिस्टिक एलईडी हेडल्याम्प जस्ता फस्र्ट–ईन–क्लास फिचर्सका साथै फस्र्ट–ईन–सेग्मेन्ट अन्डर सिट स्टोरेज पनि उपलब्ध रहेको जगदम्बा मोटर्सले जानकारी दिएको छ ।