चौतारी लघुवित्तले ५ लाख ४० हजार कित्ता आइपीओ जारी गर्ने |
काठमाडौं । चौतारी लघुवित्त वित्तीय संस्थाले सोमबार (कात्तिक १२ गते) विशेष साधारण सभा गर्ने भएको छ । विशेष साधारण सभा दियालो फुडल्याण्ड मिलनचोक, बुटवलमा दिउँसो १ बजे शुरु हुनेछ । चौतारीले जारी पुँजी वृद्धि गर्ने विशेष प्रस्ताव सहित विशेष साधारण सभा डाकेको हो । यसबाहेक चौतारीले प्रबन्धपत्रका केही व्यवस्था परिमार्जन गर्ने प्रस्ताव पनि सभामा लैजानेछ ।
चौतारी लघुवित्त वित्तीय संस्थाले ५ लाख ४० हजार कित्ता आइपीओ विक्री गर्ने तयारी गरिरहेको छ । धितोपत्र बोर्डले चौतारीलाई गत भदौ २५ गते आइपीओ बिक्री गर्न अनुमति दिइसकेको छ । अब छिट्टै आइपीओ विक्री खुला हुनेछ । चौतारीले प्रतिकित्ता १०० रुपैयाँमा आइपीओ विक्री गर्नेछ ।
यो आइपीओमा विक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ । चौतारी लघुवित्तले लुम्बिनी अञ्चलका ६ र राप्ती अञ्चलका ४ वटा जिल्लालाई कार्यक्षेत्र बनाएको छ । यसको केन्द्रीय कार्यालय बुटवलमा रहेको छ । हाल यसको चुक्ता पुँजी १२ करोड ६० लाख रुपैयाँ छ । आइपीओ विक्रीपछि पुँजी १८ करोड रुपैयाँ पुग्नेछ ।