भीभोको चौथो वार्षिकोत्सवको अवसरमा ‘भीभो सेल्स कार्निभल’ हुँदै |

काठमाडौं । स्मार्टफोन ब्राण्ड भीभोले नेपालमा चौथो वार्षिकोत्सव अवसरमा सेल्स कार्निभल आयोजना गरेको छ । कार्निभलमा भीभोका ब्राण्ड एम्बेस्डर प्रदीप खड्काले भीभो वाई– १५ स्मार्टफोन लञ्च गरेका हुन् । आज (डिसेम्बर १५) देखि सन् २०२२ जनवरी ५ सम्म कार्निभल जारी रहने भीभोले जानकारी दिएको छ ।
कार्निभलमा ग्राहकहरूले आकर्षक उपहारका साथै भीभोको भी २०, भी २० एसई, भी २१, भी २१ ई र वाई १२ एस मोबाइल सेट खरीदमा ल्यापटप, हेडफोन, भी २१ ई ह्याण्डसेट, ब्ल्युटूथ स्पीकर र इएरबडस् जस्ता आकर्षक उपहारहरू जित्ने मौका पाउने सो कम्पनीले दाबी गरेको छ । साथै, यो अवधिमा भीभोको फोन खरिद गर्ने हरेक ग्राहकहरूले निर्धारित समयभन्दा थप ६ महिनाको वारेन्टी पाउनसक्ने पनि बताइएको छ ।
भीभोले ‘मोर लोकल मोर ग्लोबल’ सिद्धान्त अनुसार नयाँ पुस्ताको चाहनालाई परिपूर्ति गर्न भन्दै नयाँ व्राण्ड वाई१५ एस बजारमा ल्याएको हो । वाई १५ एस स्स्मार्टफोन शक्तिशाली र लामो समयसम्म टिक्ने गरी बनाइएको कम्पनीको दाबी छ । यसमा ५००० एमएच ब्याट्री, साइड माउन्टेड फिङ्गरप्रीन्ट टेक्नोलोजी र डुवल एआई क्यामेरा रहेको छ ।
शक्तिशाली ह्यान्डसेट रुचाउने नयाँ पुस्ताको लागि यो स्मार्टफोन उपयोगी हुने कम्पनीले जनाएको छ । दिनभरी फोन चलाउँदा पनि आँखा थकित नहुने ६.५१ इञ्चको हेलो फुल भ्यु डिस्प्ले विथ आइ प्रोटेक्सन टेक्नोलोजी समावेस गरिएको स्मार्टफोनको मूल्य १९ हजार ९९९ रुपैयाँ तोकिएको छ । भीभो नेपालले गत ४ वर्षदेखि नेपालमा आफ्ना उत्पादनहरू बिक्री गर्दै आएको छ ।