क्लासिक टेकले ल्यायो वाइफाइ ६ को साथमा ‘टाकियन’ १ जीबीपीएस स्पीडको इन्टरनेट |
काठमाडौं । सन् २००९ देखि नेपालमा व्यवसायिक इन्टरनेट सेवाको शुभारम्भ गरेको एक ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले नेक्स्ट जेनेरेशनको प्रविधि वाइफाइ ६ को साथमा ‘टाकियन’* १ जीबीपीएस इन्टरनेट सेवा शुभारम्म गर्ने भएको छ।
नेपालमै पहिलोपटक वाइफाइ ६ का साथमा उपलब्ध हुने टाकियन १ जीबीपीएस इन्टरनेट प्रविधि भित्र्याउन अन्तिम परीक्षण भइरहेको कम्पनीले जनाएको छ। वाइफाइ ६ अन्तर्गत स्मार्ट कनेक्टिभिटी, बिमफर्मिङ, एमयू–मिमो लगायतका सुविधाहरु रहनेछन्। यो प्रविधि अवलम्बन गरे पश्चात ग्राहकहरूले हाइ स्पिड इन्टरनेट प्रयोग गर्न पाउने कम्पनीले बताएको छ।
वाइफाइ ६ प्रविधि अन्तर्गत इन्टरनेटको स्पिड ३ जीबीपीएससम्म रहनेछ।
पहिलो चरणमा क्लासिक टेकले १ जीबीपीएस सम्मको ब्यान्डविथमा अन्तिम परीक्षण गरिरहेको कम्पनीले जानकारी दिएको छ। यसले कुनै विशेष डिभाइसमा वाइफाइ केन्द्रित गर्ने हुनाले बिना झन्झट प्रयोगकर्ताहरूले इन्टरनेट प्रयोग गर्न सक्षम हुनेछ।
वाइफाइ ६ ले प्रयोगकर्ताहरूलाई मल्टिपल वायरलेस राउटरहरूबाट इन्टरनेट प्राप्त गर्न सम्भव हुने र यसले धेरै प्रयोगकर्ता, धेरै (इनपुट, धेरै आउटपुट प्रविधि हुनाले वाइफाइ राउटरलाई एकैसाथ धेरै उपकरणहरूसँग समन्वय गर्न सम्भव रहनेछ। जसका कारण सिग्नलका लागि पर्खनुपर्ने समय घटाउँछ र वाइफाइ नेटवर्कको गति तिब्र बनाउने छ।
वाइफाइ ६ पश्चात क्लासिक टेकले नेपालमा हाल प्रयोग भैरहेका डबल ब्रान्डका राउटरहरू विस्थापित गराई नेपालभर ट्री–ब्रान्ड राउटरहरु प्रयोगमा ल्याउने जनाएको छ।
ट्राइ–ब्यान्डमा एउटा २.४ जीगाहर्ज ब्यान्ड र दुई ५ जीगाहर्ज ब्यान्डहरु गरी तीनवटा अलग अलग सिग्नल ब्यान्डहरूका कारण इन्टरनेट प्रयोगकर्ताहरूले थप उपकरणहरू जडान नगरिकनै हाई स्पिड इन्टरनेट प्रयोग गर्न पाउनेछन्। यो प्रविधि पश्चात ग्राहकहरूलाई बिना झन्झट उच्च गतिको इन्टरनेट सेवा प्रदान गर्न क्लासिक टेक सक्षम रहने कम्पनीले विश्वास लिएको छ।