आरआई ह्याकाथन आगामी १७ देखि १९ डिसेम्बरसम्म आयोजना हुने |
काठमाडौं । राष्ट्रव्यापी इभेन्टका रुपमा रहेको आरआई ह्याकाथन आगामी डिसेम्बर १७ देखि १९ सम्म सञ्चालन हुँदैछ।
उक्त इभेन्टमा देशभरमा भएका प्रविधि क्षेत्रका उत्कृष्ट प्रतिभाहरुले आफ्ना क्षमता प्रदर्शन गर्नेछन्। यसका लागि गत डिसेम्बर १ बाट नै दर्ता खुलाइएको कम्पनीको भनाइ छ।
आयोजक कम्पनी रेनिगेडले पहिलो ह्याकाथनका बारेमा बताउँदै देशभरका डेभलपरले १ लाख रुपैयाँ राशीको पुरस्कारका लागि प्रतिस्पर्धा गर्ने जनाएको छ। गर्ल्स इन टेक, विमिन एन्ड बिग डाटा तथा जेनेसी क्लाउड एकेडेमीजस्ता साझेदारहरुसँगको सहकार्यमा हुने उक्त इभेन्ट सबै स्तरको क्षमता भएका डेभलपरहरुका लागि खुल्ला रहने बताइएको छ।
प्रविधि क्षेत्रका डेभलपर तथा पारखीहरुको विकास तथा सिर्जनात्मक सोचाइको क्षमता परीक्षण गर्न तथा तथा त्यसमा अझ निखार ल्याउन आरआई ह्याकाथनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने रेनिगेडको भनाइ छ।
यस क्रममा ब्लकचेनका माध्यमबाट नवीन समाधानका उपायहरु खोज्ने मेन्टर सेसनलगायतका कार्यक्रम समावेश हुने बताइएको छ।
रेनिगेडका हेड अफ इन्जिनीयर अभिनव मिश्रले विज्ञप्तिमा भनेका छन्, ‘रेनिगेडमा हामी डेभलपर कम्युनिटीबाट हामीले पाएभन्दा धेरै बढी दिने प्रयासमा छो। ह्याकाथनको आयोजना हाम्रो यो प्रतिबद्धतालाई मूर्तरुप दिने माध्यम हो। ’